• १ असोज २०८३, बिहीबार
  • ४ः३० बेलुका

करदाता प्रोत्साहन उपहारमा दुई जनाले जिते १०–१० लाख, ३१ जनालाई १ लाख

प्रकाशित मिति

२०८३ आश्विन १ गते, बिहीबार १२:५४

१ असोज २०८३ काठमाडौं — सरकारले भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले भदौ महिनाका लागि दुई जनालाई जनही १० लाख रुपैयाँको बम्पर उपहार र ३१ जनालाई जनही १ लाख रुपैयाँ नगद उपहार घोषणा गरेको हो।

National Life

विभागले सामान्यतया हरेक १५/१५ दिनमा उपहार घोषणा गर्दै आएकोमा भोटेकोशी बाढीका कारण भदौ महिनाको उपहार एकमुष्ट रूपमा घोषणा गरिएको जनाएको छ।

विभागका अनुसार कात्यायनी पोलिक्लिनिकबाट २ सय रुपैयाँको सामान खरिद गरेका एक ग्राहकले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। यस्तै, सुनिता फेन्सी स्टोरबाट ७ हजार रुपैयाँको सामान खरिद गरेका अर्का ग्राहकले पनि १० लाख रुपैयाँको बम्पर उपहार प्राप्त गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी, अन्य ३१ जना ग्राहकलाई जनही १ लाख रुपैयाँका दरले नगद उपहार परेको विभागले जनाएको छ।

प्रतिकृया