• ३१ भदौ २०८३, बुधबार
  • ४ः०० बेलुका

सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति

प्रकाशित मिति

२०८३ भाद्र ३१ गते, बुधबार ०३:४६

३१ भदौ २०८३ काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका काम प्रभावकारी बनाउन एक हप्ताभित्र संसदीय विशेष समिति गठन गर्ने सहमति गरेको छ।

National Life

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा भोटेकोशीलगायत क्षेत्रमा आएको बाढी–पहिरोपछि सरकार तथा विभिन्न राजनीतिक दलबाट भइरहेका खोजी, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका कामबारे समीक्षा गरिएको थियो।

बैठकले रवि लामिछानेको संयोजकत्वमा रहेको सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णयसमेत गरेको छ। संयन्त्रमा संसद्मा प्रतिनिधित्व गर्ने तथा बाहिर रहेका विभिन्न राजनीतिक दलको सहभागिता रहने जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई उनीहरूको सिट संख्याका आधारमा समेटेर एक हप्ताभित्र संसदीय विशेष समिति गठन गर्ने सहमति भएको खरेलले बताए। समितिले विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययन, आवश्यक छानबिन तथा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका काममा समन्वय गर्नेछ।

समितिको कार्यक्षेत्र (टीओआर) भने अझै तय हुन बाँकी छ। समितिले विपद् व्यवस्थापनका क्रममा देखिएका समस्या तथा कमीकमजोरी पहिचान गरी आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा सरकारलाई सुझाव दिनेछ।

बैठकमा प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसङ्घ भ्रमणका विषयमा समेत छलफल भएको थियो। सहभागी दलका नेताहरूले नेपालले भोगिरहेको वातावरणीय क्षति र त्यसको प्रभावलाई अन्तर्राष्ट्रियस्तरमा उठाउँदै ‘जलवायु न्याय’ तथा क्षतिपूर्तिको विषय संयुक्त राष्ट्रसङ्घमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

प्रतिकृया