• २५ भदौ २०८३, बिहीबार
  • ४ः१६ बेलुका

अस्पतालबाहिरै सुत्केरी भएको घटनामा स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टीकरण

प्रकाशित मिति

२०८३ भाद्र २५ गते, बिहीबार ०४:१६

२५ भदौ २०८३ काठमाडौं — सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्वास्थ्य मन्त्रालयले अस्पतालसँग स्पष्टीकरण मागेको छ। स्वास्थ्यमन्त्री निशा मेहताले सामाजिक सञ्जालमार्फत घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल छानबिन प्रक्रिया अघि बढाइएको जानकारी दिएकी हुन्।

National Life

मन्त्री मेहताका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन टोली राजविराज पठाइसकिएको छ। छानबिन निष्पक्ष हुने र घटनाको वास्तविकता छिट्टै सार्वजनिक गरिने उनले बताएकी छन्। छानबिनका क्रममा स्वास्थ्यकर्मी वा अस्पताल प्रशासनको तर्फबाट कुनै किसिमको गल्ती वा लापरबाही भएको पाइएमा सम्बन्धित जो–कोहीलाई पनि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने उनले चेतावनी दिएकी छन्।

प्रत्येक नागरिकले स्वास्थ्य संस्थामा पुग्दा समयमै उपचार, सम्मान र मानवीय व्यवहार पाउनु नैसर्गिक अधिकार भएको उल्लेख गर्दै मन्त्री मेहताले स्वास्थ्य सेवाप्रति नागरिकको विश्वास र अधिकारका विषयमा मन्त्रालय सदैव संवेदनशील र प्रतिबद्ध रहेको बताएकी छन्।

Classic Tech Mobile
Classic Tech Desktop

अस्पताल पुगेकी गर्भवती महिलाले समयमै भर्ना तथा उपचार नपाएर अस्पताल परिसरबाहिर खुला ठाउँमै बच्चा जन्माउनुपरेको भिडियो तथा समाचार सार्वजनिक भएपछि घटनाको चौतर्फी आलोचना भइरहेको छ। सोहीबीच स्वास्थ्य मन्त्रालयले छानबिन अघि बढाएको हो।

प्रतिकृया