• २४ भदौ २०८३, बुधबार
  • ११ः२८ बिहान

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा

प्रकाशित मिति

२०८३ भाद्र २४ गते, बुधबार १०:०२

२४ भदौ २०८३ काठमाडौं — प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मंगलबार साँझ ५ बजेसम्म ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ मौज्दात रहेको छ। अर्थ मन्त्रालयका अनुसार कोषका नौवटा नेपाली रुपैयाँ खातामा ८ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ र दुईवटा अमेरिकी डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात छ। अमेरिकी डलरलाई प्रतिडलर १५० रुपैयाँ ८८ पैसाका दरले रूपान्तरण गर्दा कोषको कुल मौज्दात उक्त रकम पुगेको हो।

National Life

रसुवा–भोटेकोशीमा आएको विनाशकारी बाढीपछि मात्रै कोषमा ७ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ र २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर सहयोग प्राप्त भएको छ। यसमा विपद्अघि कोषमा रहेको २ अर्ब ८ करोड २४ लाख रुपैयाँ भने समावेश गरिएको छैन। मन्त्रालयका अनुसार भदौ २३ गते मात्रै कोषमा ३० करोड ६२ लाख रुपैयाँ र १ लाख १२ हजार ३२ अमेरिकी डलर सहयोग प्राप्त भएको छ।

यसअघि भदौ १६ गते राहत तथा उद्धारका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई कोषबाट १ अर्ब रुपैयाँ हस्तान्तरण गरिएको थियो। अर्थ मन्त्रालयले विपद्बाट प्रभावित परिवारलाई निरन्तर सहयोग गर्ने स्वदेश तथा विदेशका व्यक्ति तथा संघसंस्थाप्रति आभार व्यक्त गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया