• २० भदौ २०८३, शनिबार
  • ३ः२४ दिउँसो

बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार

प्रकाशित मिति

२०८३ भाद्र २० गते, शनिबार ०३:१५

२० भदौ २०८३ काठमाडौं — नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ। बिदुर नगरपालिका–१० बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती चन्द्रिका श्रेष्ठलाई सशस्त्र प्रहरीको टोलीले जीवितै उद्धार गरेको हो।

National Life

सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार इन्सपेक्टर सुमन विकको कमान्डमा खटिएको टोलीले चन्द्रिकाको उद्धार गरेको हो। उद्धारपछि थप उपचारका लागि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ।

भोटेकोशीको विनाशकारी बाढीपछि उद्धार कार्य जारी रहँदा यसअघि नेपाली सेनाले अपर त्रिशूली–१ बाट एक चिनियाँ नागरिकको उद्धार गरेको थियो। त्यस्तै, त्रिशूली–३ ‘ए’ को सुरुङबाट हिजो दुई जनाको जीवितै उद्धार गरिएको थियो।

Classic Tech Desktop

विपत्तिको ११औँ दिन बाढीले पुरिएको घरबाट महिलाको जीवित उद्धार हुनुलाई आशाको खबरका रूपमा लिइएको छ।

प्रतिकृया