• २० भदौ २०८३, शनिबार
  • १२ः४८ दिउँसो

मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह

प्रकाशित मिति

२०८३ भाद्र २० गते, शनिबार ११:५६

२० भदौ २०८३ काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन मानवसभ्यताकै कलंक रहेको बताएका छन्। मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मानव बेचबिखन संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको बताएका हुन्।

National Life

प्रधानमन्त्री शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए। प्रविधिको विकाससँगै मानव बेचबिखनको प्रवृत्ति, प्रकृति, स्वरूप र गन्तव्यसमेत परिवर्तन हुँदै गएको उनको भनाइ छ।

उनका अनुसार सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार नीतिगत र संस्थागत सुधार गर्दै आएको छ। साथै, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी ऐन, २०६४ लाई पालेर्मो प्रोटोकलअनुकूल बनाउन संशोधन विधेयक संसदमा दर्ता गरिएको उनले जानकारी दिए।

Classic Tech Mobile

प्रधानमन्त्री शाहले मानव बेचबिखनविरुद्धको अभियानमा तीनै तहका सरकार, गैरसरकारी संस्था, विकास साझेदार तथा अन्य सरोकारवालाको सहकार्य अपरिहार्य रहेको बताए। साझा पहल र संयुक्त प्रयासबाट मात्रै मानव बेचबिखनमुक्त समाज निर्माण गर्न सकिने उनको भनाइ छ।

प्रतिकृया