• १९ भदौ २०८३, शुक्रबार
  • ४ः५१ बेलुका

एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग

प्रकाशित मिति

२०८३ भाद्र १९ गते, शुक्रबार ०२:४०

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले हालै भोटोकोशी–त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरुको राहत तथा पुनस्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.पन्ध्र लाख आर्थिक सहयोग गरेको छ ।

साथै, सो रकम बाहेक यस संस्थाका कर्मचारीहरूले छुट्टै रकम सङ्कलन गरी सो रकमको विभिन्न राहत सामाग्री नेपाल सरकारको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा, टेकुमा जम्मा गरेका छन् ।विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एनएमबि क्यापिटलले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ । साथै, बेपत्ताहरूको शीघ्र सकुशल उद्धार र घाइतेहरूको द्रुत स्वास्थ्य लाभको कामना गरेको छ ।

Kamana Sewa

प्रतिकृया