• १६ भदौ २०८३, बुधबार
  • १२:५० बेलुका

नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने

प्रकाशित मिति

२०८३ भाद्र १७ गते, बुधबार १२:०९

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद र उनीहरूका स्वकीय सचिवले आफ्नो १५ दिनको तलब बाढी प्रभावितका लागि सहयोग गर्ने भएका छन्। नेकपा संसदीय दलले सबै सांसद तथा सांसदका स्वकीय सचिवको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको प्रमुख सचेतक युवराज दुलालले जानकारी दिएका छन्।

संसदीय दलले सबै सांसद र स्वकीय सचिवलाई सहयोग रकम पार्टीको खातामा जम्मा गर्न आग्रह गरेको छ। संकलित रकम संघीय सांसदसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिबाट समेत एकमुष्ट संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने तयारी गरिएको दुलालले बताए।

Kamana Sewa

बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागिएको हो।

Classic Tech Desktop

प्रतिकृया