• १६ भदौ २०८३, बुधबार
  • ११:४७ बिहान

रसुवा बाढीपीडितका लागि भारतले पठायो पाँचौँ खेपको राहत

प्रकाशित मिति

२०८३ भाद्र १७ गते, बुधबार ०९:३७

१७ भदौ २०८३ काठमाडौं — रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन भारतले पाँचौँ खेपको सहायता सामग्री नेपाल पठाएको छ। भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बुधबार बिहान सामाजिक सञ्जालमार्फत पाँचौँ खेपको सहयोग विमानबाट नेपाल पठाइएको जानकारी दिएका छन्।

उनका अनुसार उद्धार तथा खोजी कार्यका लागि विशेष उपकरणसहित ११ सदस्यीय उद्धार टोली र ५.५ टन अत्यावश्यक औषधि बोकेको विमान नेपालतर्फ प्रस्थान गरेको छ।

Kamana Sewa

यसअघि भदौ १४ गते भारतले बाढी प्रभावितका लागि ११ टन राहत सामग्री र प्राविधिक टोलीसहित चौथो खेप नेपाल पठाएको थियो।

Classic Tech Desktop

नेपालमा बाढी प्रभावित क्षेत्रमा अहिले उद्धार, खोजी तथा राहत वितरणको काम तीव्र रूपमा जारी छ। भारतसहित विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायले प्रभावितका लागि आवश्यक सामग्री र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएका छन्।

प्रतिकृया