• १६ भदौ २०८३, बुधबार
  • ११:४७ बिहान

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

प्रकाशित मिति

२०८३ भाद्र १७ गते, बुधबार ०९:२१

१७ भदौ २०८३ काठमाडौं — रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ५ बजेसम्म १ हजार १२७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा ३४८ र नवलपरासी पूर्वमा २१७ रहेका छन्।

जिल्लागत रूपमा रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र भारतमा ९ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

Kamana Sewa

फेला परेका शवमध्ये १ हजार ११३ वटाको लाशजाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान हुन नसकेका ९११ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९१२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रबाट ६ हजार ५४१ जनाको उद्धार गरिएको छ।

Classic Tech Desktop

यस्तै, बाढीमा बेपत्ता भएका ४ हजार ८५८ जनाको खोजी कार्य जारी रहेको छ। प्रहरीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै विभिन्न निकाय र स्थानीयवासीको समन्वयमा उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिएको जनाएको छ। बाढीका कारण अवरुद्ध भएका विभिन्न सडक तथा बाटो खुलाउने कामसमेत जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया