काठमाडौँ ल्याइएका ११४ शवमध्ये १३ को मात्रै पहिचान, ४६ शव गोकर्णको जङ्गलमा व्यवस्थापन
प्रकाशित मिति
२०८३ भाद्र १६ गते, मंगलवार ०१:५९
१६ भदौ २०८३ काठमाडौं — विपद् प्रभावित जिल्लाहरूबाट पोस्टमार्टमका लागि काठमाडौँ ल्याइएका ११४ शवमध्ये १३ जनाको मात्रै पहिचान खुलेको छ।भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङबाट त्रिवि शिक्षण अस्पतालमा ११४ वटा शव ल्याइएको थियो। तीमध्ये सनाखत भएका १२ शव परिवारले बुझेर दाहसंस्कार गरिसकेका छन् भने एक शव बुझाउने प्रक्रियामा रहेको काठमाडौँका एसएसपी दिलिप घिमिरेले जानकारी दिएका छन्।
यसैबीच, पहिचान हुन नसकेका ४६ वटा शव काठमाडौँको गोकर्णस्थित जङ्गलमा सुरक्षित रूपमा गाडेर व्यवस्थापन गरिएको छ। गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका जङ्गल क्षेत्रमा स्थानीय प्रशासनले सोमबार निर्णय गरी शव व्यवस्थापन गरेको हो।

शव गाड्नुअघि पहिचान नखुलेका शव तथा टुक्राटाक्रीको डीएनए नमुना सङ्कलन, फिंगर प्रिन्ट तथा फोटोसमेत लिइएको जनाइएको छ।





प्रतिकृया