• १५ भदौ २०८३, मंगलबार
  • ९:४८ बिहान

रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी जम्मा

प्रकाशित मिति

२०८३ भाद्र १६ गते, मंगलवार ०९:३७

१६ भदौ २०८३ चितवन – रसुवामा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार साँझ सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सोमबार दिउँसोसम्म नौवटा वाणिज्य बैंकका खातामा मात्रै ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको बताएका छन्।

त्यस्तै, हिमालयन बैंक र लक्ष्मी बैंकका खातामा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको छ। नेपाल राष्ट्र बैंकको सोमबारको विनिमय दरअनुसार उक्त रकम नेपाली रुपैयाँमा करिब ४८ करोड ६३ लाख ६२ हजार ८० रुपैयाँबराबर हुन्छ।

Kamana Sewa

नेपाली रुपैयाँ र अमेरिकी डलरमा प्राप्त रकम जोड्दा प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा कुल ६ अर्ब ३६ करोड ५५ लाख ८५ हजार रुपैयाँभन्दा बढी रकम जम्मा भएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्। रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देश तथा विदेशबाट सहयोग रकम जुट्ने क्रम जारी रहेको छ।

Classic Tech Desktop

प्रतिकृया