• ११ भदौ २०८३, शुक्रबार
  • ९:२१ बेलुका

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा तीन दिन थप

प्रकाशित मिति

२०८३ भाद्र १२ गते, शुक्रबार ०७:५०

१२ भदौ २०८३ काठमाडौं – भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस कल, डाटा र एसएमएस सेवा नेपाल टेलिकमले थप तीन दिनका लागि बढाएको छ।

नेपाल टेलिकमले यसअघि प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई दुई दिनसम्म निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस उपलब्ध गराउने निर्णय गरेको थियो। अब उक्त सुविधा भदौ १२, १३ र १४ गतेसम्म निरन्तर रहने कम्पनीले जनाएको छ। विपद्का कारण आफन्त, उद्धार तथा राहतकर्मी र सम्बन्धित निकायसँग सम्पर्क गर्न प्रभावित नागरिकलाई सहज होस् भन्ने उद्देश्यले निःशुल्क सञ्चार सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ।

Kamana Sewa

यसैबीच, भोटेकोशी तथा त्रिशूली नदीको बहाव तीव्र रूपमा बढिरहेको अवस्थामा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान टेलिकमले आग्रह गरेको छ।

Classic Tech Mobile

कम्पनीले बाढी प्रभावित तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन एसएमएसमार्फत समेत सूचना प्रवाह गरेको जनाएको छ। बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा क्षतिग्रस्त संरचनाको मर्मत–सम्भार गर्न प्राविधिक टोली निरन्तर परिचालन भइरहेको टेलिकमले जनाएको छ।

प्रतिकृया