• १० भदौ २०८३, बिहीबार
  • ४:३८ बेलुका

चीनको चेतावनी : नेपाल नजिकै ठूलो ताल बन्यो, बाँध फुट्ने खतरा

प्रकाशित मिति

२०८३ भाद्र ११ गते, बिहीबार ०४:३७

११ भदौ २०८३ काठमाडौं – चीनको जलस्रोत मन्त्रालयले नेपालसँग सीमा जोडिएको तिब्बत क्षेत्रमा छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिकै ठूलो अवरोधित ताल बनेको जनाएको छ। उक्त तालमा पानीको मात्रा बढ्दै गएपछि बाँध फुटेर बाढी आउन सक्ने जोखिम रहेको बताइएको छ।

चीनको तिब्बत स्वायत्त क्षेत्रमा उद्गम भएका छोचेन खोला र पुरेपु नेपाल प्रवेश गरेपछि भोटेकोशी–त्रिशूली नदी प्रणालीमा गाभिन्छन्। यी नदीलाई त्रिशूलीका माथिल्ला सहायक नदीका रूपमा लिइन्छ।

Kamana Sewa

चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो। पानी तालबाट बाहिरिन थालिसकेको भए पनि आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान गरिएको छ।

Classic Tech Desktop

चीनको केन्द्रीय टेलिभिजनले तालको बाँध फुट्ने उच्च जोखिम रहेको जनाएको छ। सम्भावित बाँध फुटेपछि आउन सक्ने बाढीको अवस्था अनुमान गर्न चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गर्नुका साथै बाढीसम्बन्धी विश्लेषण गरिरहेको ग्लोबल टाइम्सले जनाएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै चीनले आपत्कालीन उद्धार तथा विपद् व्यवस्थापनका लागि आवश्यक तयारी र विश्लेषण अघि बढाएको जनाएको छ।

प्रतिकृया