विपद्को सामना गर्न राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने ८ दलको प्रतिबद्धता (पूर्णपाठ)
प्रकाशित मिति
२०८३ भाद्र ११ गते, बिहीबार ०१:३२
११ भदौ २०८३ काठमाडौं – नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदी बेसिनमा आएको अप्रत्याशित बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गर्दै विपद्को सामना गर्न राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने प्रतिबद्धता जनाएको छ।
बिहीबार सिंहदरबारमा बसेको बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लामा भएको मानवीय क्षति, भौतिक संरचनाको विनाश र वातावरणीय संकटप्रति राष्ट्रिय पीडा व्यक्त गरेको हो।

बैठकले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। घाइतेको उपचार, हेरचाह तथा मनोसामाजिक परामर्शको जिम्मेवारी राज्यले लिनुपर्नेमा दलहरू एकमत भएका छन्। विपद्को अवस्था कुनै एक भूगोल वा सरकारको मात्रै संकट नभई सिंगो राष्ट्रको साझा परीक्षण भएको भन्दै बैठकले नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई सर्वोपरि राखेर सबै राजनीतिक दल एकढिक्का हुने प्रतिबद्धता जनाएको छ।

बैठकले विपद्को दिगो समाधान तथा आगामी दिनमा पूर्वतयारीका लागि १० बुँदे साझा संकल्पसहित अपिल जारी गरेको छ। संयुक्त अपिल जारी गर्ने ८ दलमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, नेकपा संयोजक प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका नेता ध्रुव राई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका नेता चन्दन सिंह रहेका छन्।








प्रतिकृया