• १० भदौ २०८३, बिहीबार
  • ११:४२ बिहान

बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली परिचालन

प्रकाशित मिति

२०८३ भाद्र ११ गते, बिहीबार ११:२८

११ भदौ २०८३ काठमाडौं – भोटेकोशीको विनाशकारी बाढीका कारण क्षतिग्रस्त अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको अवस्था अवलोकन गर्न नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोली घटनास्थल पुगेको छ।

उद्धार समन्वय तथा विद्युत् सेवा पुनर्स्थापनालाई प्रभावकारी बनाउन कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको नेतृत्वमा टोली बिहीबार बिहानै प्रभावित क्षेत्रमा पुगेको हो।

Kamana Sewa

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उद्धार तथा विद्युत् सेवा यथाशीघ्र सुचारु गर्न आवश्यक सबै उपाय अपनाएर काम तीव्र बनाउन निर्देशन दिएका छन्।

Classic Tech Desktop

भोटेकोशी बाढीका कारण विद्युत् संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति पुनर्स्थापनाको काम भइरहेको छ। प्राधिकरणले सिन्धुपाल्चोकबाट जोडिएको वैकल्पिक लाइनमार्फत नुवाकोटका खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु र पञ्चकन्या क्षेत्रमा विद्युत् सेवा सुचारु गरिसकेको जनाएको छ।

अन्य प्रभावित क्षेत्रमा चपली–देवीघाट र बालाजु–त्रिशूली ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गरी विद्युत् आपूर्ति पुनर्स्थापना गर्ने तयारी भइरहेको छ।

यसैबीच, बाढीका कारण प्रभावित क्षेत्रमा रोकिएका कर्मचारीको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टरसमेत पुगेको छ।

प्रतिकृया