बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न नुवाकोटतर्फ लागे प्रधानमन्त्री बालेन
प्रकाशित मिति
२०८३ भाद्र ११ गते, बिहीबार १०:२९
११ भदौ २०८३ काठमाडौं – प्रधानमन्त्री बालेन शाह बिहीबार बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि निरीक्षण टोलीमा सहभागी छन्। उनीहरू बिहान साढे ९ बजे सडकमार्ग हुँदै बाढीबाट प्रभावित मुख्य क्षेत्रमध्ये एक विदुरतर्फ प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री शाहले बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्थाबारे स्थलगत जानकारी लिने बताइएको छ। बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नदी तटीय क्षेत्रका विभिन्न बस्तीमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरण कार्य जारी छ।

Related
Recent News
- बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न नुवाकोटतर्फ लागे प्रधानमन्त्री बालेन
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्यो
- रसुवा बाढी : उद्धारका लागि पाँच हेलिकोप्टरसहित २ हजारभन्दा बढी सैनिक परिचालन
- रसुवा बाढीका घाइतेमध्ये ९ जना डिस्चार्ज, ३३ जनाको उपचार जारी
- रसुवा बाढीमा १६२ जनाको शव फेला
- बाढीपीडितका लागि भारतले पठाउँदैछ १० टन राहत सामग्री र औषधि
- रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, भोलि बिहान ९ बजे सिंहदरबारमा बस्ने
- प्रधानमन्त्री बालेन शाह : पीडित परिवारलाई राज्यले एक्लो हुन दिँदैन
- रसुवा बाढी : ९७ शव फेला, ५४ जनाको उद्धार
- सुवा–नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया