• ९ भदौ २०८३, बुधबार
  • १२:३१ बेलुका

भोटेकोशी बाढीपछि उद्धार तीव्र पार्ने निर्णय, आठ हेलिकप्टर परिचालन

प्रकाशित मिति

२०८३ भाद्र १० गते, बुधबार १२:१३

१० भदौ २०८३ काठमाडौं – भोटेकोशी नदीमा आएको भीषण बाढीपछि जोखिममा परेका नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्रता दिने निर्णय भएको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले उपलब्ध सबै साधन–स्रोत परिचालन गरी प्रभावित नागरिकको तत्काल उद्धार र राहतमा केन्द्रित हुने निर्णय भएको जानकारी दिए।

Kamana Sewa

उनका अनुसार हालसम्म आठ वटा हेलिकप्टर उद्धार तथा राहतका लागि परिचालन गरिएको जानकारी प्राप्त भएको छ। तत्काल उद्धारका लागि धुन्चे, त्रिशूलीलगायत क्षेत्रमा रहेका हेलिप्याड प्रयोग गर्ने निर्णयसमेत भएको उनले बताए।

Classic Tech Mobile

बाढीबाट घाइते तथा बिरामी भएकाहरूको उपचारका लागि त्रिशूलीस्थित सिभिल अस्पताललाई आवश्यक उपकरणसहित व्यवस्थित बनाउने विषयमा पनि बैठकमा छलफल भएको छ।

बाढीबाट भएको धनजनको क्षतिको यकिन विवरण आइनसके पनि तत्काल उद्धार गर्नुपर्ने अवस्था रहेको आङदेम्बेले बताए। उनले सरकारलाई कुनै हिचकिचाहट नगरी उपलब्ध सबै स्रोत–साधन परिचालन गर्न सुझाव दिँदै विपद्को समयमा पक्ष–प्रतिपक्ष नभनी सबै जनताको साथमा उभिनुपर्ने बताए।

प्रतिकृया