• ९ भदौ २०८३, बुधबार
  • १२:२८ बेलुका

भोटेकोशी–त्रिशूलीमा भीषण बाढी : पाँच जिल्लाका तटीय बस्तीलाई सुरक्षित रहन गृहमन्त्रीको आग्रह

प्रकाशित मिति

२०८३ भाद्र १० गते, बुधबार ११:४२

१० भदौ २०८३ काठमाडौं – भोटेकोशी नदीमा आएको भीषण बाढीपछि गृहमन्त्री सुधन गुरुङले पृथ्वी राजमार्गसहित विभिन्न सडकखण्डमा आवतजावत पूर्ण रूपमा रोक्न अनुरोध गरेका छन्। गृहमन्त्री गुरुङले आपत्कालीन सार्वजनिक सूचना जारी गर्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकखण्डमा अर्को सूचना जारी नभएसम्म आवतजावत नगर्न आग्रह गरेका हुन्।

ठूलो बाढी प्रवेश गरेको भन्दै उनले भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा मुग्लिनसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्।

Kamana Sewa

गृहमन्त्री गुरुङका अनुसार रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारहरू उच्च जोखिममा छन्। ती क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

Classic Tech Desktop

खोज तथा उद्धार आवश्यक परेमा वा कुनै प्रकारको सहायता आवश्यक भएमा टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्नसमेत गृहमन्त्री गुरुङले अनुरोध गरेका छन्।

बाढीको जोखिम थप बढ्न सक्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरिएको छ।

प्रतिकृया