• २१ असोज २०८३, बुधबार
  • २ः२५ दिउँसो

स्वास्थ्य बिमा सञ्चालन गर्न रास्वपा सांसद न्यौपानेको माग

प्रकाशित मिति

२०८३ भाद्र २ गते, मंगलवार १२:०६

२ भदौ २०८३ काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शना न्यौपानेले स्वास्थ्य बिमा रोकिँदा नागरिकहरू समस्यामा परेको भन्दै तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएकी छन्।

National Life

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद न्यौपानेले जसरी भए पनि स्वास्थ्य बिमा सेवा सञ्चालनमा ल्याउन सरकारसँग माग गरेकी हुन्।

उनले आफ्नो निर्वाचन क्षेत्र काठमाडौंको थापाथलीमा फोहोर प्रशोधन केन्द्र निर्माण हुन लागेको विषयमा समेत चासो व्यक्त गरिन्। स्थानीयले फोहोर प्रशोधन केन्द्र निर्माणको विरोध गरिरहेको भन्दै उनले आमा र बच्चाको स्वास्थ्यलाई ध्यानमा राखेर संवेदनशील बन्न सरकारसँग आग्रह गरिन्।

Classic Tech Mobile
Classic Tech Desktop

‘के बन्न लागेको छ टाँसिएको छैन, तर बन्न लागेको जरुर छ,’ उनले भनिन्, ‘त्यहाँ फोहोर प्रशोधन केन्द्र बन्न हुँदैन भनेर स्थानीयले विरोध गरिरहेका छन्। आमा र बच्चाको स्वास्थ्यका लागि संवेदनशील बन्न आवश्यक छ।’

त्यस्तै, उनले गत भदौ २४ गतेको घटनामा राष्ट्र बैंकमा सुन राखेर ऋण लिएका केही व्यक्तिको सुनसमेत लुटिएको उल्लेख गरिन्। सुन लुटिएपछि न सुन फिर्ता पाएको न त्यसबापतको रकम पाएको भन्दै उनले पीडितको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन्।

प्रतिकृया