• १ भदौ २०८३, मंगलबार
  • ६:३५ बेलुका

प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेना प्रमुख सेठबीच आज भेटवार्ता

प्रकाशित मिति

२०८३ भाद्र २ गते, मंगलवार ०९:१४

२ भदौ २०८३ काठमाडौं – प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठबीच आज भेटवार्ता हुँदैछ । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेना प्रमुख सेठले आज प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटपछि उनी स्वदेश फर्किनेछन् ।

जनरल सेठ आइतबार काठमाडौं आएका थिए । सोमबार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए । नेपाल र भारतबीचको सैन्य सम्बन्ध तथा आपसी सहकार्यका विषयमा निरन्तरता दिँदै आएका सेठले यसअघि प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि दुईपक्षीय भेटवार्ता गरेका थिए ।

Kamana Sewa

उनको नेपाल भ्रमणका क्रममा दुई देशका सेनाबीचको सहकार्य, आपसी सम्बन्ध तथा द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।

Classic Tech Desktop

प्रतिकृया