• ३२ साउन २०८३, सोमबार
  • ६:०६ बेलुका

सभामुखको रुलिङपछि ७८ दिनदेखिको विपक्षीको हट्यो विरोध

प्रकाशित मिति

२०८३ भाद्र १ गते, सोमबार ०३:३५

१ भदौ २०८३ काठमाडौं – प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले ७८ दिनदेखि गर्दै आएको विरोध सोमबारदेखि हटेको छ। सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन तथा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन रुलिङ गरेपछि विपक्षी सांसदहरू विरोधबाट पछि हटेका हुन्।

सोमबारको बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरू विगतमा झैँ उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख अर्यालले लामो समयदेखि प्रधानमन्त्रीसँग प्रश्नोत्तरको माग गर्दै भइरहेको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्रीलाई प्रतिनिधिसभा नियमावलीअनुसार प्रश्नको जवाफ दिन रुलिङ गरे।

Kamana Sewa

सभामुखले नियमावलीका नियम ५६ देखि ६० बमोजिम सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरेका थिए। रुलिङपछि केहीबेर अलमलमा परेका विपक्षी सांसदलाई सभामुखले सरकार र प्रधानमन्त्रीको नाममा रुलिङ भइसकेकाले बस्न आग्रह गरेपछि उनीहरू बसे।

Classic Tech Desktop

प्रधानमन्त्री बालेन शाहले गत १७ जेठमा भारतसँगको सीमा विवादबारे संसद्मा दिएको अभिव्यक्तिपछि विपक्षी दलहरूले त्यसबारे तथ्य र स्पष्टीकरण माग गर्दै निरन्तर सदन अवरुद्ध गर्दै आएका थिए। प्रधानमन्त्रीले स्पष्टीकरण नदिएको भन्दै जेठमा १४, असारमा ३२ र साउनमा ३१ दिन विपक्षीको विरोध जारी रह्यो।

प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टामा सञ्चालन गर्ने व्यवस्था छ। प्रधानमन्त्रीलाई प्रश्नोत्तरका लागि उपस्थित हुन सभामुखले रुलिङ गरेपछि लामो समयदेखि जारी विरोध तत्कालका लागि हटेको हो।

प्रतिकृया