• ३२ साउन २०८३, सोमबार
  • ११:२६ बिहान

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

प्रकाशित मिति

२०८३ भाद्र १ गते, सोमबार ०९:०६

१ भदौ २०८३ काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्।

सरकारमा सहभागी नेकपा एमालेले गत ६ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। एमालेले समर्थन फिर्ता लिएसँगै बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। सरकार जोगाउन मुख्यमन्त्री बानियाँलाई अन्य साना दल तथा स्वतन्त्र सांसदको समर्थन आवश्यक पर्ने देखिएको छ।

Kamana Sewa

बागमती प्रदेश सभामा नेपाली कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दलका रूपमा रहेको छ। नेकपाका २६ र एमालेका २५ सांसद छन्। त्यस्तै, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। बागमती प्रदेशमा सरकार गठनका लागि प्रदेश सभाको कुल सदस्य संख्याको बहुमत अर्थात् ५३ सांसदको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्री बानियाँले आजको बैठकमा बहुमत जुटाएर सरकारलाई निरन्तरता दिन सक्ने वा नसक्ने टुंगो लाग्नेछ।

Classic Tech Desktop

प्रतिकृया