• ३ असोज २०८३, शनिबार
  • १२ः३५ दिउँसो

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै

प्रकाशित मिति

२०८३ श्रावण १९ गते, मंगलवार ११:५०

१९ साउन २०८३ काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग छलफल गर्ने भएका छन्। अर्थ मन्त्रालयमा दिउँसो ३ बजे हुने छलफलमा बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमको कार्यान्वयन, वित्तीय संस्थाहरूको भूमिका तथा वर्तमान वित्तीय बजारको अवस्थाबारे समीक्षा गरिनेछ।

National Life

अर्थमन्त्री वाग्लेले बजेटका नीति तथा सुधारका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न बैंकिङ क्षेत्रको सहयोग र सुझाव लिन सीईओहरूलाई छलफलका लागि बोलाएका हुन्।

मन्त्रालयका अनुसार छलफलमा नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा सूचीकृत २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया