• २९ भदौ २०८३, सोमबार
  • ३ः५१ राती

मधेश घटनाक्रमबारे रास्वपाका सांसदको असन्तुष्टि, गृहमन्त्रीको भूमिकामाथि प्रश्न

प्रकाशित मिति

२०८३ श्रावण १४ गते, बिहीबार ०४:२७

१४ साउन २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेश प्रदेशका सांसदहरूले पछिल्लो मधेश घटनाक्रममा गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि प्रश्न उठाएका छन्। रास्वपा सभापति रवि लामिछानेसँग भएको भेटमा सांसदहरूले सुनसरीबाट सुरु भएर मधेशका विभिन्न जिल्लामा फैलिएको घटनाबारे गृहमन्त्रीले सम्बन्धित क्षेत्रका जनप्रतिनिधिसँग कुनै समन्वय वा छलफल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

National Life

छलफलमा सहभागी एक मधेशका सांसदका अनुसार, “सुनसरीबाट सुरु भएको घटना अहिले मधेशका विभिन्न जिल्लामा फैलिएको छ। तर, सम्बन्धित जिल्लाका सांसदहरूसँग गृहमन्त्रीले कुनै संवाद गर्नुभएको छैन। यही विषयमा सभापतिसमक्ष हाम्रो आक्रोश राख्यौं।”

भेटका क्रममा सभापति लामिछानेले पछिल्लो घटनाक्रमप्रति आफू संवेदनशील रहेको बताउँदै आपसी सद्भाव कायम राख्न आवश्यक पहल गर्ने धारणा राखेका थिए। साथै, अवस्था बुझ्न र शान्तिको सन्देश दिन आफू स्वयं मधेश जानेबारे पनि सोचिरहेको जानकारी दिएको छलफलमा सहभागी एक सांसदले बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया