• ११ साउन २०८३, सोमबार
  • ३:४५ बेलुका

गुप्तचर विभाग प्रधानमन्त्री मातहत नराख्न नेकपाको माग

प्रकाशित मिति

२०८३ श्रावण ११ गते, सोमबार ०१:२०

११ साउन २०८३ काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत नराखी गृह मन्त्रालयअन्तर्गत राख्न माग गरेको छ।

नेपाल विशेष सेवा ऐन, २०४२ संशोधन गर्न सरकारले दर्ता गरेको विधेयकमाथि नेकपाका प्रमुख सचेतक युवराज दुलाल र सांसद गणेशबहादुर विश्वकर्माले संशोधन प्रस्ताव दर्ता गर्दै गुप्तचर विभाग गृह मन्त्रालयअन्तर्गत सञ्चालन हुनुपर्ने माग गरेका हुन्।

Kamana Sewa

सरकारले कार्यविभाजन नियमावली–२०८३ मार्फत प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको राष्ट्रिय अनुसन्धान विभागलाई कानुनी मान्यता दिन विधेयक ल्याएको हो। तर नेकपाले उक्त व्यवस्था हटाएर गृह मन्त्रालय मातहत नै राख्नुपर्ने अडान लिएको छ।

Classic Tech Desktop

राष्ट्रिय अनुसन्धान विभाग यसअघि विभिन्न समयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयबीच स्थानान्तरण हुँदै आएको छ। अब उक्त विषयमा संसदमा हुने छलफलपछि अन्तिम निर्णय हुनेछ।

प्रतिकृया