बौद्धमा युवतीद्वारा आत्मदाह प्रयास, २५–३० प्रतिशत शरीर जलेको अवस्थामा उपचार जारी
प्रकाशित मिति
२०८३ श्रावण ५ गते, मंगलवार ०९:२८
५ साउन २०८३ काठमाडौं- काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई बौद्धमा बस्दै आएकी २७ वर्षीया सालु गुरुङले मंगलबार राति करिब २:५० बजे आफ्नै खाजा पसलको पछाडिको पार्किङ क्षेत्रमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी हुन्।
प्रहरीका अनुसार घाइते गुरुङलाई उनका श्रीमानले तत्काल शुस्मा कोइराला मेमोरियल अस्पताल, साँखु पुर्याएका थिए। त्यहाँबाट थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको छ। अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार गुरुङको शरीरको २५ देखि ३० प्रतिशत भाग जलेको छ। उनको आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवादपछि उनले आत्मदाहको प्रयास गरेको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







प्रतिकृया