• १ साउन २०८३, शुक्रबार
  • ४:१६ बिहान

सातै प्रदेशमा सिटिजन्स बैंकको वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न

प्रकाशित मिति

२०८३ असार ३२ गते, बिहीबार ११:२८

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्देश्यका साथ चालू आर्थिक वर्ष २०८२/०८३ मा सात वटै प्रदेशमा रहेका आफ्ना विभिन्न १४८ शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ।

बैंकको कोशी प्रदेशका २०, मधेश प्रदेशका २१, बाग्मती प्रदेशका ४३, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ९ तथा सुदूरपश्चिम प्रदेशका १० शाखाहरू मार्फत् विभिन्न उमेर समुहका व्यक्ति, महिला, विद्यार्थी, कृषक, मजदूर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू र अन्य समूहका गरी विभिन्न वर्गलाई वित्तीय साक्षरताका विभिन्न कार्यक्रमको आयोजना गरी करिब दश हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गरेको छ।

Kamana Sewa

कार्यक्रममा उपस्थित सम्पूर्णमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ। यससँंगै वित्तीय साक्षरताको अवस्था र डिजिटल बैंकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको छ। नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ। यसबाट बैंकिङ्ग प्रणाली मजवुत हुने र उपस्थित सम्पूर्णमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ।

Classic Tech Desktop

साथै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पनि विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ। आफ्ना शाखा कार्र्यालयहरु मार्फत् बैंकले विभिन्न सामुदायिक विद्यालय, स्थानीय स्वास्थ्य केन्द्र लगायत विभिन्न संघ संस्थालाई सहयोग प्रदान गरेको हो। जस अन्तर्गत बैंकको सार्केगाड शाखाले सार्केगाड गाउँपालिका वडा नं. ४ मा अवस्थित श्री हिमज्योति माध्यमिक विद्यालयका बालविकासदेखि कक्षा ८ सम्मका १९६ गरिब तथा जेहेन्दार बालबालिकाहरुलाई विद्यालय पोशाक तथा न्यानो स्वेटर उपलब्ध गराएको छ।

प्रतिकृया