एक सातामै आत्मदाह प्रयास गरेका तीन जनाको मृत्यु
प्रकाशित मिति
२०८३ असार ३० गते, मंगलवार १०:२४
३० असार २०८३ काठमाडौं – पछिल्लो एक साताको अवधिमा आत्मदाहको प्रयास गरेका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ। वीर अस्पतालमा दुई जना र कीर्तिपुरस्थित बर्न अस्पतालमा एक जनाले ज्यान गुमाएका हुन्।
मृत्यु हुनेमा काठमाडौंको बुद्धनगरका ४५ वर्षीय आश्विन राउत, मुगुका गणेश नेपाली र सर्लाहीका विवेक मण्डल रहेका छन्। राउत र नेपालीको वीर अस्पतालमा तथा मण्डलको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

गणेश नेपालीले गत बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको भए पनि जोगाउन सकिएन।

यस्तै,आश्विन राउतले आफ्नै घरको भान्साकोठामा आत्मदाहको प्रयास गरेका थिए। गम्भीर अवस्थामा प्रहरीले उद्धार गरी वीर अस्पताल पुर्याए पनि शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेका कारण उनको गत शनिबार मृत्यु भएको थियो।
सर्लाहीका विवेक मण्डलले पनि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएका उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार उपचारकै क्रममा सोमबार राति करिब २ बजे उनको निधन भयो।




प्रतिकृया