• १४ भदौ २०८३, सोमबार
  • ८:१८ बिहान

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

प्रकाशित मिति

२०८३ असार ३० गते, मंगलवार ०९:१०

३० असार २०८३ काठमाडौं – सर्लाहीमा आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार यादवको सोमबार राति करिब २ बजे निधन भएको हो।

गम्भीर अवस्थामा रहेका उनलाई शुक्रबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर साँझ करिब ७:३० बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। उनले पेट्रोल छर्केर आफैँलाई आगो लगाएका थिए।

Kamana Sewa

आफन्तका अनुसार जीवविज्ञान (बायोलोजी) विषयमा स्नातकोत्तर (एमएस्सी) गरेका यादव एक वर्षदेखि मानसिक तनावमा थिए। उनी रामनगरस्थित एक विद्यालयमा अध्यापन गराउँदै आएका थिए। विद्यालयले उनको स्थानमा अर्का शिक्षक नियुक्त गरेपछि उनी विगत एक वर्षदेखि बेरोजगार रहेका थिए।

Classic Tech Desktop

विवेककी भाउजू शान्तिदेवी मण्डलका अनुसार बेरोजगारीपछि उनी मानसिक तनावमा परेका थिए। शुक्रबार दिउँसो करिब १२ बजे सिसौटिया बजारचोकमा उनले आत्मदाहको प्रयास गरेका थिए।

घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ।

प्रतिकृया