• २४ असार २०८३, बुधबार
  • १२:३५ बिहान

ईद अल अधाको अवसरमा यूएईद्वारा १११ नेपाली कैदीलाई आममाफी

प्रकाशित मिति

२०८३ असार २३ गते, मंगलवार ०३:५२

२३ असार २०८३ काठमाडौं – संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले ईद अल अधा २०२६ को अवसरमा १११ जना नेपाली कैदीलाई आममाफी दिएको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार मन्त्रालयको निर्देशनमा अबुधाबीस्थित नेपाली दूतावासले यूएई सरकारसमक्ष गरेको अनुरोधपछि उक्त निर्णय भएको हो।

मन्त्रालयका अनुसार नेपाल–यूएईबीचको घनिष्ठ मित्रता, आपसी सद्भाव तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले यूएई सरकारले १११ नेपाली कैदीलाई आममाफी प्रदान गरेको हो। मन्त्रालयले यस निर्णयका लागि यूएई सरकारप्रति उच्च सम्मान र हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

Kamana Sewa

आममाफी पाएका नेपाली नागरिकमाथि अन्य कुनै कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नरहेको अवस्थामा यूएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि उनीहरू नेपाल फर्किन सक्ने मन्त्रालयले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया