• २४ असार २०८३, बुधबार
  • १२:३५ बिहान

प्रधानमन्त्रीविरुद्ध अपमानजनक सामग्री प्रसारण गरेको आरोपमा पोख्रेल पुर्पक्षका लागि जेल चलान

प्रकाशित मिति

२०८३ असार २३ गते, मंगलवार ०१:२२

२३ असार २०८३ काठमाडौं – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई लक्षित गर्दै युट्युब तथा विभिन्न सामाजिक सञ्जालमार्फत अपमानजनक र गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका रोशन पोख्रेल पुर्पक्षका लागि कारागार चलान भएका छन्। पाँचथरको फाल्गुनन्द गाउँपालिका–७, दोबाटेका पोख्रेललाई जिल्ला अदालत पाँचथरले विद्युतीय कारोबार ऐन अन्तर्गत दर्ता भएको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

जिल्ला अदालत पाँचथरका श्रेस्तेदार राजकुमार निरौलाका अनुसार न्यायाधीश कुमार मास्केको इजलासले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको सुनुवाइ अघि बढाउने आदेश दिएको छ। प्रहरीले पोख्रेललाई २०८२ चैत २६ गते पक्राउ गरेको थियो। युट्युबमार्फत गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा उनको पक्राउपछि देशभर विभिन्न प्रतिक्रिया आएका थिए। त्यसपछि चर्को आलोचनाबीच प्रहरीले चैत २९ गते उनलाई परिवारको जिम्मा लगाएको थियो।

Kamana Sewa

पछि जिल्ला सरकारी वकिल कार्यालयले विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दायर गरेपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अभियोगपत्रमा प्रधानमन्त्री शाह तथा उनका परिवारको मान–सम्मान र प्रतिष्ठामा आँच पुग्ने उद्देश्यले अपमानजनक तथा अमर्यादित शब्द प्रयोग गरिएका भिडियो, स्टाटस र अन्य सामग्री युट्युब, फेसबुक, इन्स्टाग्राम र टिकटकमार्फत प्रसारण गरेको आरोप उल्लेख गरिएको छ।

Classic Tech Desktop

प्रतिकृया