विष्णु पौडेलको म्याद थप, अनुसन्धानका लागि थप ६ दिन अनुमति
प्रकाशित मिति
२०८३ असार १८ गते, बिहीबार ०२:४४
१८ असार २०८३ काठमाडौं – नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि विशेष अदालतले थप ६ दिन म्याद दिएको छ। विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि पौडेलको तेस्रोपटक म्याद थप गर्ने आदेश दिएको हो।
पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। विभागले उनको सेयर कारोबार तथा सम्पत्तिको शंकास्पद स्रोतबारे अनुसन्धान गरिरहेको जनाएको छ।

यसअघि पनि विशेष अदालतले अनुसन्धानका लागि दुई पटक म्याद थप गरिसकेको थियो। पछिल्लो आदेशसँगै अनुसन्धानका लागि उनलाई थप ६ दिन हिरासतमा राख्न अनुमति दिइएको छ। सम्पत्ति शुद्धीकरण विभागले पौडेलमाथि भइरहेको अनुसन्धानलाई निरन्तरता दिएको जनाएको छ।

Related
Recent News
- एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर तानसेन–७ पाल्पामा सञ्चालनमा
- करदाता बम्पर पुरस्कार : ३५० रुपैयाँको सामान किन्ने उपभोक्ताले पाए १० लाख
- महालक्ष्मी विकास बैंकका ग्राहकलाई यी ७ संस्थामा विशेष छुट
- अदालतको आदेश बेवास्ता गर्दै दूरसञ्चार कार्यालयको भवन भत्काइयो : नेपाल टेलिकमको आपत्ति
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- सभामुखको रुलिङपछि ७८ दिनदेखिको विपक्षीको हट्यो विरोध
- करदाता प्रोत्साहन पुरस्कारको दोस्रो पाक्षिक विजेता आज घोषणा हुँदै
- सानिमा रिलायन्स लाईफको क्लब अचिभर्स इभेन्ट २०८३ सम्पन्न
- बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
- नेप्से २.२५ अंकले घट्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतबाट न्याय पाए पार्टी एकता हुन्छ : देउवा
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदनमाथि छलफल
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो




प्रतिकृया