• १९ असार २०८३, शुक्रबार
  • १:१८ बिहान

विष्णु पौडेलको म्याद थप, अनुसन्धानका लागि थप ६ दिन अनुमति

प्रकाशित मिति

२०८३ असार १८ गते, बिहीबार ०२:४४

१८ असार २०८३ काठमाडौं – नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि विशेष अदालतले थप ६ दिन म्याद दिएको छ। विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि पौडेलको तेस्रोपटक म्याद थप गर्ने आदेश दिएको हो।

पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। विभागले उनको सेयर कारोबार तथा सम्पत्तिको शंकास्पद स्रोतबारे अनुसन्धान गरिरहेको जनाएको छ।

Kamana Sewa

यसअघि पनि विशेष अदालतले अनुसन्धानका लागि दुई पटक म्याद थप गरिसकेको थियो। पछिल्लो आदेशसँगै अनुसन्धानका लागि उनलाई थप ६ दिन हिरासतमा राख्न अनुमति दिइएको छ। सम्पत्ति शुद्धीकरण विभागले पौडेलमाथि भइरहेको अनुसन्धानलाई निरन्तरता दिएको जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया