• १४ असोज २०८३, बुधबार
  • ८ः१९ राती

रास्वपाको बन्दसत्र सुरु, आज प्रतिवेदनमाथि घनीभूत छलफल र निर्वाचन तालिका सार्वजनिक हुने

प्रकाशित मिति

२०८३ असार ९ गते, मंगलवार ०५:०४

९ असार २०८३ चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रमा साङ्गठनिक, आर्थिक तथा राजनीतिक प्रतिवेदनमाथि व्यापक छलफल हुने कार्यतालिका तय गरिएको छ।

National Life

महामन्त्रीको सञ्चालनमा हुने बन्दसत्रमा सुरुआतमै अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले वित्तीय प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ। यसैगरी महामन्त्री कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव सहमहामन्त्री विपिनकुमार आचार्यले पेश गर्नेछन्।

महाधिवेशनको अर्को महत्वपूर्ण कार्यक्रममा उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको ‘अर्थ–राजनीतिक प्रस्तावना’ प्रस्तुत गर्नेछन्। त्यसपछि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ। प्रस्तुत प्रतिवेदनहरूमाथि प्रतिनिधिहरूले छलफल गर्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

बन्दसत्रको अन्त्यतिर सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्ने तथा आयोजक समितिले सम्हाल्दै आएको जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यक्रम छ। रास्वपाका अनुसार बन्दसत्रको अन्तिम चरणमा निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र कार्यतालिका सार्वजनिक गर्नेछ। तालिका सार्वजनिक भएसँगै नेतृत्व चयनका लागि आवश्यक निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।

प्रतिकृया