• १५ असोज २०८३, बिहीबार
  • ४ः०१ बेलुका

सम्पत्ति छानबिनको पक्षमा अझै अडिग छु : जनार्दन शर्मा

प्रकाशित मिति

२०८३ असार ९ गते, मंगलवार ११:५१

९ असार २०८३ काठमाडौं – पूर्वमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिन हुनुपर्ने आफ्नो पुरानै अडान रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शर्माले सम्पत्ति छानबिनको विषय आफूले विगतमा संसद् र पार्टीभित्र समेत उठाएको स्मरण गराएका छन्। उनले यस विषयमा आफू अहिले पनि दृढ रहेको उल्लेख गरेका छन्।

National Life

शर्माले आफ्नो सरोकार नै नभएको विषयलाई जोडेर भ्रम सिर्जना गर्ने उद्देश्यले मिडिया ट्रायल भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

‘सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ। त्यसमा म अहिले पनि अडिग छु,’ शर्माले भनेका छन्, ‘तर, सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु।’

Classic Tech Mobile
Classic Tech Desktop

पछिल्लो समय विभिन्न आरोप र चर्चाका बीच शर्माले आफ्नो धारणा सार्वजनिक गर्दै सम्पत्ति छानबिनप्रति आफू सधैं सकारात्मक रहेको स्पष्ट पारेका हुन्।

प्रतिकृया