• ९ असार २०८३, मंगलबार
  • १:०३ बेलुका

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ असार ८ गते, सोमबार ०७:११

८ असार २०८३ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको तथा देशका अन्य भू–भागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

विभागका अनुसार हाल कोशी प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ । मधेश र बागमती प्रदेशको तराई क्षेत्रमा आंशिक बदली तथा लुम्बिनी र कर्णाली प्रदेशको तराईमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

Kamana Sewa

आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग र कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ भने मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने विभागले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

Classic Tech Desktop

कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा तथा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ ।

त्यस्तै, कोशी प्रदेशको तराईका केही स्थान र मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको अवस्था रहने तथा बागमती र गण्डकी प्रदेशका केही तराई क्षेत्रमा पनि अत्यधिक गर्मी महसुस हुन सक्ने जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागसहित कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ । यी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मधेश प्रदेश तथा कोशीको तराईका केही स्थानमा पनि राति वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिकृया