• २८ जेठ २०८३, बिहीबार
  • १:३१ बिहान

प्राविधिक कारण देखाउँदै रास्वपा बागमती प्रदेश अधिवेशनको निर्वाचन स्थगित

प्रकाशित मिति

२०८३ जेष्ठ २७ गते, बुधबार ०२:११

२७ जेठ २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गतको निर्वाचन कार्यक्रम प्राविधिक तथा व्यवस्थापकीय कारण देखाउँदै केही समयका लागि स्थगित गरिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले बुधबार सूचना जारी गर्दै निर्वाचन प्रक्रिया अस्थायी रूपमा रोकिएको जानकारी दिएको हो।

मंगलबारदेखि सुरु भएको अधिवेशनको निर्वाचन कार्यक्रम यसअघि बिहान ८ बजेसम्म स्थगित गरिएको थियो। तर अधिवेशन पूर्ण रूपमा रद्द भएको भन्ने भ्रामक सूचना फैलिएपछि केही प्रतिनिधि मतदान स्थलबाट फर्किएको विषयमा आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

Kamana Sewa

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले मतपत्र तथा नामावलीमा देखिएका केही त्रुटि सच्याउन, मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न तथा समायोजन सूचीमा देखिएका उजुरी र विवाद समाधान गर्न निर्वाचन प्रक्रिया रोकिएको स्पष्ट पारे।

Classic Tech Desktop

उनका अनुसार करिब ४०० जनाको समायोजन सूचीसँग सम्बन्धित उजुरी तथा विवादहरूको सम्बोधन गर्नुपर्ने अवस्था रहेको छ। साथै प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गरी निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउने तयारी भइरहेको छ।

आयोगले भ्रमका कारण मतदान स्थलबाट फर्किएका प्रतिनिधिहरूलाई पुनः निर्वाचन प्रक्रियामा सहभागी हुन पर्याप्त समय उपलब्ध गराइने जनाएको छ। साथै निर्वाचनको नयाँ कार्यतालिका छिट्टै सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

प्रतिकृया