• १८ भदौ २०८३, बिहीबार
  • ८ः२९ राती

एकैसाथ सामुदायिक भवन, प्रहरी र खानेपानी समितिको कार्यालय उद्घाटन

प्रकाशित मिति

२०७६ आश्विन २६ गते, आईतवार १२:०३

भक्तपुर, नेपाल सरकार स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत संघीय संसदका सांसद महेश बस्नेत र सूर्यविनायक नगरपालिकाको संयुक्त रुपमा रु. ३२ लाखको लागतमा निर्माण सम्पन्न सामुदायिक भवनको उद्घाटन गरिएको छ ।

सूर्यविनायक नगरपालिका ७ कार्यालय गुण्डुले आज गुण्डू चोकमा निर्माण भएको उक्त सामुदायिक भवनको संघीय सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले उद्घाटन गर्नुभयो ।

Kamana Sewa

कार्यक्रममा सांसद बस्नेतले उक्त सामुदायिक भवनमा आजै कार्यालय स्थापना भएको गुण्डु खानेपानी तथा सरसफाई मूल उपभोक्ता समिति र महानगरीय प्रहरी प्रभाग गुण्डुको कार्यालय भवनको समेत एकैसाथ उद्घाटन गरि हस्तान्तरण गर्नुभयो ।

Classic Tech Desktop

सांसद एवं नेकपाका केन्द्रीय सदस्य, युवा ईन्चार्ज महेश बस्नेतले आजबाट दुईदिने नेपाल भ्रमणमा आउन लाग्नु भएका चिनियाँ राष्ट्रपति राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले नेपाल र चीनको सदियौदेखिको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

विश्वमै चीनले चमत्कारिक रुपमा गरेको विकासबाट नेपालले पनि सिक्नु पर्ने औल्याउदै उहाँले यो भ्रमणबाट नेपालले धेरै लाभ लिनसक्ने भनाई राख्नुभयो । उहाँले तीनवर्ष अघिसम्म भीर र पहिरोबाट जकडिएको गुण्डुको अहिले विकासले मुहार खेलेको बताउदै अबको तीन–चार वर्षमा विकासले भक्तपुरको मुहार फेरिने दाबी गर्नुभयो ।

गुण्डुको तीनवटा खानेपानी आयोजनालाई उउटै बनाएर बृहत योजना बनाएर पानीको व्यबस्था गरिएको, यहाँ स्विमिङ्ग पुल, प्याराग्लाईडिङ्ग, खुल्ला जिम खाना, फुटशल, हात्तीगौडा सुवर्णेश्वर पदमार्ग निर्माणको चरणमा रहेको बताउदै गृण्डु आउने दुईवटा ठूला सडक निर्माण सम्पन्नको चरणमा रहेको बताउनुभयो ।

सांसद बस्नेतले पहिलोमा सामुदायिक भवन बनेको चर्चा गर्दै यस्तै खेर गएका जग्गाको सहि सदुपयोग गर्दै बिभिन्न भौतिक संरचनादेखि खेलकुद मैदान समेत बनाउन लागिएको बताउनुभयो । गुण्डु कै सार्वजनिक जग्गामा सवारी अनुमति पत्र वितरण गर्ने यातायातको कार्यालय निर्माण हुने गरि कार्ययोजना अगाडि बढेको र यसैवर्ष त्यसका लागि रु. २ करोड बजेट विनियोजन हुन लागेको बताउनुभयो ।

यस क्षेत्रमा व्यापक बस्ती विस्तार भईरहेको चर्चा गर्दै उहाँले सामुहिक भोज, किरियापुत्री, विवाह ब्रतबन्ध गर्न मिल्ने गरि अर्को ठूलो सामुदायिक भवन बनाउने योजना पनि अगाडि बढेको उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुँवर, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, महानगरीइ प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, वडा नं. ७ का वडाअध्यक्ष रबिन्द्र सापकोटा, खानेपानी समितिका अध्यक्ष मनकराम थापा लगायतले जिल्लामा निकै पछाडि परेको गुण्डुले नाटकीय रुपमा विकासमा फड्को मारेको बताउनु भयो ।

प्रतिकृया