प्रतिनिधिसभामा ५ मिनेट मौनधारणपछि सभामुखद्वारा आपत्ति
प्रकाशित मिति
२०८३ जेष्ठ २६ गते, मंगलवार ०१:४९
२६ जेठ २०८३ काठमाडौं – प्रतिनिधिसभाको मंगलबारको बैठकमा विपक्षी सांसदहरूले सहिदहरूको सम्झनामा ५ मिनेट मौनधारण गरेपछि विवाद उत्पन्न भएको छ। नेपाली कांग्रेसका सचेतक निश्कल राईको नेतृत्वमा विपक्षी सांसदहरूले बैठकमै मौनधारण गरेपछि सभामुख डीपी अर्यालले आपत्ति जनाएका छन्।

सभामुख अर्यालले बैठक सञ्चालन भइरहेका बेला सांसदहरूले आफूखुसी समय तोकेर मौनधारण गर्नु संसद्को मर्यादाविपरीत भएको टिप्पणी गरेका हुन्। उनले सहिदप्रति सम्मान व्यक्त गर्ने विषयमा कुनै आपत्ति नभए पनि बैठक सञ्चालनको क्रममा सभामुखको अनुमति बिना गरिएको मौनधारणले संसद्को प्रक्रियामाथि असर परेको बताए।

सभामुखले यस्तो कार्यलाई संसद्को “अपमान” को रूपमा व्याख्या गर्दै आगामी दिनमा यस्ता गतिविधि नदोहोऱ्याउन ध्यानाकर्षण गराएका छन्। यस घटनापछि संसद्को कार्यसूची प्रभावित भएको छ भने सत्ता–विपक्षबीच थप तनाव बढेको देखिएको छ।





प्रतिकृया