• २४ जेठ २०८३, आइतबार
  • ३:५० बेलुका

आइतबार सुन र चाँदीको मूल्य घट्यो, सुन तोलामा ८ हजार २०० रुपैयाँले सस्तो

प्रकाशित मिति

२०८३ जेष्ठ २४ गते, आईतवार ११:११

काठमाडौं— नेपाली बजारमा आइतबार सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ८०० रुपैयाँ कायम गरिएको छ।

गत शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला ८ हजार २०० रुपैयाँले घटेको हो। महासंघले आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ८९० रुपैयाँ निर्धारण गरेको जनाएको छ।

Kamana Sewa

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि जेठ २२ गते चाँदीको मूल्य प्रतितोला ५ हजार २३० रुपैयाँ रहेको थियो।

Classic Tech Desktop

यस हिसाबले चाँदीको मूल्य प्रतितोला ३३५ रुपैयाँले घटेको छ। आज १० ग्राम चाँदीको मूल्य ४ हजार १९७ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

सुन र चाँदीको मूल्यमा आएको पछिल्लो गिरावटले गहना खरिद गर्ने उपभोक्तालाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

प्रतिकृया