• २४ जेठ २०८३, आइतबार
  • ३:५२ बेलुका

पश्चिमी न्यून चापीय रेखाको प्रभाव : केही स्थानमा वर्षा, तराईमा तातो दिनको सम्भावना

प्रकाशित मिति

२०८३ जेष्ठ २४ गते, आईतवार ११:०७

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।

महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा रहेको छ।

Kamana Sewa

आज दिउँसो कोशी प्रदेशलगायत हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने मधेस प्रदेशसहित बाँकी पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, मधेस प्रदेशलगायत अन्य हिमाली भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

Classic Tech Desktop

यस्तै, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिनको अवस्था रहने सम्भावना रहेको छ।

आज राति कोशी प्रदेशसहित हिमाली क्षेत्रमा सामान्य बदली तथा मधेस प्रदेश र अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिकृया