• ५ असोज २०८३, सोमबार
  • १ः२१ दिउँसो

स्वास्थ्य समस्या आएपछि प्रदेश प्रमुखको सट्टा मुख्यमन्त्रीले नीति तथा कार्यक्रम वाचन

प्रकाशित मिति

२०८३ जेष्ठ २० गते, बुधबार ०४:५२

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीको स्वास्थ्यमा असहजता देखिएपछि आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम मुख्यमन्त्रीले वाचन गरेका छन्।

National Life

बुधबार प्रदेश सभामा नीति तथा कार्यक्रम वाचन सुरु गर्ने क्रममा प्रदेश प्रमुख जोशीले केही भाग मात्रै वाचन गरेपछि स्वास्थ्य समस्या देखिएको कारण बाँकी वाचनका लागि मुख्यमन्त्री यामलाल कँडेल लाई रोस्ट्रम प्रयोग गर्न आग्रह गरेका थिए।

त्यसपछि सभामुख नन्दा गुरुङ ले अनुमति दिएपछि मुख्यमन्त्री कँडेलले बाँकी नीति तथा कार्यक्रम वाचन गरेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

सामान्यतः प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले नै वाचन गर्ने परम्परा रहँदै आएको भए पनि यसपटक स्वास्थ्य अवस्थाका कारण मुख्यमन्त्रीले उक्त जिम्मेवारी पूरा गर्नुपरेको हो।

प्रतिकृया