• ६ असोज २०८३, मंगलबार
  • १ः५१ दिउँसो

स्थल नाकाबाट ल्याउने सामानको सीमा बढाएर ५०० रुपैयाँ पुर्‍याइयो

प्रकाशित मिति

२०८३ जेष्ठ २० गते, बुधबार १२:५८

२० जेठ २०८३ काठमाडौं – सरकारले स्थल सीमा नाकाबाट यात्रुले ल्याउन र लैजान सक्ने निजी प्रयोगका वस्तुको मूल्य सीमा बढाएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको नयाँ व्यवस्थाअनुसार अब स्थलमार्गबाट आवतजावत गर्ने यात्रुले ५०० रुपैयाँसम्म मूल्य पर्ने सामान साथमा ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्यका आधारमा महसुल नलिई छाड्न सक्ने व्यवस्था गरिएको छ।

National Life

यसअघि यस्तो सीमा १०० रुपैयाँ मात्र थियो। सरकारले राजपत्रमा प्रकाशित सूचनामार्फत नयाँ नियम लागू गरेको हो। स्थल नाका भएर ओहोरदोहोर गर्ने यात्रुहरूलाई हवाईमार्ग सरहको सुविधा भने दिइएको छैन।

नयाँ व्यवस्थाअनुसार भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीले आफ्नो साथमा लगेको वा ल्याएको ट्याबलेट वा ल्यापटपमध्ये एक थानसम्म नेपाल ल्याउँदा भने महसुल नलाग्ने पुरानै व्यवस्था कायम गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि २०८२ जेठ १५ मा प्रकाशित सूचनामार्फत १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा कडाइ गरिएको थियो। उक्त नियम कार्यान्वयनका क्रममा सीमा क्षेत्रमा विवाद र तनावसमेत देखिएको थियो।

पछि यो विषय संसदमा समेत उठेको थियो। अर्थमन्त्री स्वर्णिम वाग्ले ले उक्त व्यवस्था अघिल्लो सरकारकै निर्णय भएको भन्दै सीमा सीमा संशोधन गर्ने संकेत गरेका थिए।

नयाँ निर्णयपछि सीमा क्षेत्रका स्थानीय व्यवसायीहरूले भने सरकारको कदमलाई स्वागत गरेका छन्।

प्रतिकृया