• ५ असोज २०८३, सोमबार
  • १ः०५ दिउँसो

भारत भ्रमणमा रहेका रवि लामिछानेले आज अमित शाहसँग भेट्ने

प्रकाशित मिति

२०८३ जेष्ठ १९ गते, मंगलवार ०४:०१

१९ जेठ २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने भएका छन्। पाँच दिने भारत भ्रमणमा रहेका लामिछानेले नयाँ दिल्लीमा शाहसँग भेट गर्न लागेको उनको सचिवालय स्रोतले जनाएको छ।

National Life

भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत पुगेका लामिछानेले त्यहाँका विभिन्न राजनीतिक नेतृत्वसँग समेत भेटघाट गरिरहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया