• १५ असोज २०८३, बिहीबार
  • ७ः२६ बेलुका

सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिको श्रम संस्कृति पार्टीद्वारा विरोध

प्रकाशित मिति

२०८३ जेष्ठ १८ गते, सोमबार ०१:५५

१८ जेठ २०८३ काठमाडौं – श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सीमा विवादसम्बन्धी अभिव्यक्तिको विरोध गरेको छ। पार्टीका अध्यक्ष हर्कराज राईले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको टिप्पणी आपत्तिजनक रहेको दाबी गरेका छन्।

National Life

पार्टीले प्रतिनिधिसभा बैठक पूर्व तालिका बिना बोलाइएको र प्रधानमन्त्रीलाई बोल्न दिइएको विषयमा पनि असन्तुष्टि जनाएको छ। आइतबार प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवाद कूटनीतिक छलफलमार्फत समाधान गर्नुपर्ने बताएका थिए। सो क्रममा उनले नेपालले पनि भारतको केही स्थानमा भूमि मिचेको हुन सक्ने अभिव्यक्ति दिएका थिए।

श्रम संस्कृति पार्टीले उक्त अभिव्यक्तिलाई लिएर कडा आपत्ति जनाउँदै यसले नेपालको सीमा विवादलाई कमजोर बनाउने र राष्ट्रहितविपरीत संकेत दिने टिप्पणी गरेको छ। पार्टीले सीमासम्बन्धी ऐतिहासिक विषयहरू, विशेषगरी लिपुलेक र लिम्पियाधुरासम्बन्धी दाबीलाई कमजोर पार्ने प्रयास भएको आरोप पनि लगाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, प्रधानमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि अस्पष्ट बनाएको र राष्ट्रिय अखण्डताप्रति सरकारको प्रतिबद्धतामाथि प्रश्न उठाएको श्रम संस्कृति पार्टीको भनाइ छ।

प्रतिकृया