• १५ असोज २०८३, बिहीबार
  • ८ः०९ राती

१ करोडसम्मका विद्युतीय गाडी विलासिता हो : अर्थमन्त्री वाग्ले

प्रकाशित मिति

२०८३ जेष्ठ १८ गते, सोमबार ०१:२४

१८ जेठ २०८३ काठमाडौं – अर्थमन्त्री स्वर्णिम वाग्लेले १ करोड रुपैयाँसम्मका विद्युतीय गाडी प्रयोगलाई विलासिताको रूपमा लिनुपर्ने बताएका छन्।नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै उनले विद्युतीय सवारी साधनमा लगाइएको कर तथा नीतिगत व्यवस्थाबारे सरकारको दृष्टिकोण स्पष्ट पारे।

National Life

अर्थमन्त्री वाग्लेले पछिल्लो समय विद्युतीय गाडीको प्रयोग विस्तार भएको उल्लेख गर्दै ५० लाख रुपैयाँसम्मका गाडीमा मूल्य घट्ने दाबी गरे।उनका अनुसार केही वर्षअघि विद्युतीय गाडीको प्रयोग बढाउन सरकारले विभिन्न छुट दिएको भए पनि अहिले आवश्यकता अनुसार कर प्रणाली समायोजन गरिएको हो।

“अहिले १ करोडसम्मका विद्युतीय गाडी चढ्नु विलासिता हो, यो सबैले स्वीकार गर्नुपर्छ,” उनले भने। साथै, प्रधानमन्त्रीको निर्देशनअनुसार ५० लाखभन्दा माथिका गाडीमा कर समायोजन गरिएको उल्लेख गर्दै त्यसले ठूलो असर नपर्ने दाबी गरे।

Classic Tech Mobile
Classic Tech Desktop

व्यवसायीहरूले किलोवाटका आधारमा गाडी आयात गर्दा महालेखा परीक्षकको प्रश्नपछि समस्या आएको उल्लेख गर्दै उनले अब मूल्यका आधारमा कर प्रणाली लागू गर्दा सहजता आएको बताए। उनले विद्युतीय सवारीलाई पूर्ण रूपमा स्वच्छ ऊर्जा भन्न नसकिने भन्दै ब्याट्री व्यवस्थापन अझै चुनौतीपूर्ण विषय रहेको पनि बताए।

प्रतिकृया