• १ भदौ २०८३, मंगलबार
  • १:२३ बिहान

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा

प्रकाशित मिति

२०८३ जेष्ठ ११ गते, सोमबार ०९:५२

११ जेठ २०८३ काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ले काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ४५३ जना सवारी चालकलाई एकै दिन कारवाही गरेको जनाएको छ । २४ घण्टाको कारवाहीबाट ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ ।

कारवाहीमा पर्नेहरूमध्ये १०५ जना मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने चालक रहेका छन् । यस्तै राइड शेयरिङमा २३८ जना, रातो बत्ती उल्लंघन गर्ने १८४ जना र तीव्र गतिमा सवारी चलाउने १८६ जना चालक कारवाहीमा परेका छन् ।

Kamana Sewa

त्यसैगरी लेन मिच्ने १४ जना, फुटपाथमा सवारी चलाउने १०० जना, हर्न निषेध उल्लंघन गर्ने ११९ जना तथा एकतर्फी सडकमा सवारी चलाउने १३९ जना चालकलाई पनि कारवाही गरिएको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ३६८ जना चालकलाई समेत कारवाही गरिएको कार्यालयले जनाएको छ ।

प्रतिकृया