• ४ साउन २०८३, सोमबार
  • २:२२ बिहान

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा बढ्यो, खराब कर्जा पनि बढ्यो

प्रकाशित मिति

२०८३ बैशाख १५ गते, मंगलवार ०९:५४

१५ बैशाख २०८३ काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा सुधार देखाएको छ। सार्वजनिक विवरणअनुसार, बैंकले ९ महिनाको अवधिमा ४८ करोड ४५ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकले ४३ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.१८ प्रतिशतले बढ्दै १ अर्ब ६१ करोड ७५ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्ष सोही अवधिमा १ अर्ब ४२ करोड ९१ लाख रुपैयाँ थियो। त्यस्तै, सञ्चालन नाफा पनि वृद्धि भई ६२ करोड १८ लाख रुपैयाँबाट बढेर ७१ करोड २१ लाख रुपैयाँ पुगेको छ।

Kamana Sewa

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १९ करोड ७० लाख रुपैयाँ रहेको छ। बैंकको चुक्तापूँजी ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ९९ करोड रुपैयाँ सञ्चित छ, जुन अघिल्लो वर्ष १ अर्ब ७० करोड रुपैयाँ थियो। तर, बैंकको खराब कर्जा (एनपीएल) भने बढेको छ। गत वर्ष ४.९७ प्रतिशत रहेको खराब कर्जा चालु आवको सोही अवधिमा बढेर ७.८७ प्रतिशत पुगेको छ।

Classic Tech Desktop

बैंकको प्रतिसेयर आम्दानी १६.२८ रुपैयाँबाट बढेर १७.३० रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५८.७९ रुपैयाँ कायम रहेको छ।

प्रतिकृया