• ४ साउन २०८३, सोमबार
  • १:५० बिहान

वाणिज्य बैंकको नाफा ४९ अर्ब नाघ्यो, १३ बैंकको वृद्धि, ७ को गिरावट

प्रकाशित मिति

२०८३ बैशाख १५ गते, मंगलवार ०९:३६

१५ बैशाख २०८३ काठमाडौं- चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्ममा नेपालका २० वाणिज्य बैंकहरूले कुल ४९ अर्ब २१ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.३० प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकहरूको कुल नाफा ४१ अर्ब २५ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा १३ वाणिज्य बैंकले नाफा वृद्धि गरेका छन् भने ७ बैंकको नाफा घटेको देखिएको छ। नाफाका आधारमा नबिल बैंक पहिलो स्थानमा रहेको छ। बैंकले ३३.९२ प्रतिशतले नाफा बढाउँदै ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ पुर्‍याएको छ। गत वर्ष सोही अवधिमा बैंकको नाफा ५ अर्ब ५ करोड रुपैयाँ रहेको थियो।

Kamana Sewa

दोस्रो स्थानमा ग्लोबल आईएमई बैंक रहेको छ। बैंकको नाफा सामान्य २.९३ प्रतिशतले घटे पनि कुल ४ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरेको छ। सर्वाधिक नाफा वृद्धि गर्ने कुमारी बैंक तेस्रो स्थानमा उक्लिएको छ। बैंकको नाफा १३५१ प्रतिशतले बढेर ४ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।

Classic Tech Desktop

यसैगरी, एभरेष्ट बैंकको नाफा ३.७१ प्रतिशतले घटेर ३ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३०.६९ प्रतिशतले घटेर ३ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ।

अन्य बैंकहरूमध्ये प्राइम बैंकले ३८.५८ प्रतिशत वृद्धि गर्दै ३ अर्ब ८ करोड, नेपाल बैंकले २ अर्ब ७९ करोड, राष्ट्रिय वाणिज्य बैंकले १२९.३४ प्रतिशत वृद्धि सहित २ अर्ब ७६ करोड, एनएमबि बैंकले २ अर्ब ६८ करोड र सानिमा बैंकले २ अर्ब ३५ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्।

स्टान्डर्ड चार्टर्ड बैंक नेपालको नाफा ४.२४ प्रतिशतले घटेर २ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको छ। लक्ष्मी सनराइज बैंकले २ अर्ब ३ करोड, सिद्धार्थ बैंकले २ अर्ब १ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ६५ करोड र नेपाल एसबिआई बैंकले १ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्।

यस अवधिमा कृषि विकास बैंकको नाफा २४.४२ प्रतिशतले घटेर १ अर्ब ३९ करोड रुपैयाँमा सीमित भएको छ भने सिटिजन्स बैंक इन्टरनेसनलले ३५ प्रतिशत वृद्धि गर्दै १ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको छ।

त्यसैगरी, प्रभु बैंक लिमिटेडको नाफा ५४ प्रतिशतले घटेर ८५ करोड रुपैयाँमा झरेको छ। हिमालयन बैंकको नाफा ५२ प्रतिशतले बढ्दा एनआईसी एशिया बैंकको नाफा १० प्रतिशतले घटेर १४ करोड रुपैयाँमा सीमित भएको छ।

प्रतिकृया